Logo

कञ्चनरूप नगरपालिकाको ४ चार करोड ५८ लाख ७८ हजार ६ सय २९ रुपैयाँ कटौती

                     
Logo १६ मंसिर २०८०, शनिबार १९:०१    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा  यस त्रैमासिकमा ४ चार करोड ५८ लाख ७८ हजार ६ सय २९ रुपियाँ कटौती भएको छ।

कञ्चनरूपमा अघिल्लो वर्षको प्रथम त्रैमासिकमा १४ करोड नौ लाख ८४ हजार ६ सय २९ रुपियाँ निकास भएको थियो भने यस वर्ष ४ चार करोड ५८ लाख ७८ हजार ६ सय २९ रुपियाँ कटौती भएर  ९ करोड ५१ लाख ६ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीले जनाएको छ ।

यस प्रथम त्रैमासिक बजेटमा जिल्लाका १४ वटा पालिकाहरूको  ३८ करोड २२ लाख ९१ हजार ७२३ रुपियाँ ३७ पैसा प्रथम त्रैमासिक बजेटमा कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीका प्रमुख कोष नियन्त्रक शरणहरी लुइँटेलले जानकारी दिएका छन ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार आर्थिक वर्ष २०८०/०८१ को लागि गत असार १० गतेभित्र नगर सभा गरिसक्नु प्रावधान हुँदा हुँदै पनि  आन्तरिक विवादका कारण समयमा गाउँ सभा नगरेकोले  बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीले जनाएको छ।

कञ्चनरूप ा विगतका वर्षहरूको अद्यावधिक बेरुजु रकम सहित यस २०७८/०७९ सम्ममा ४८ करोड ३७ लाख ५८ हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको । २०७८/०७९मा मात्रै लेखा परीक्षण बाट ३ करोड २७ लाख ९३ हजार बेरुजु देखिएको उल्लेख छ ।


लोकप्रिय छुटाउनुभयो कि ?