Logo

डाक्नेश्वरी नगरपालिकामा ताला बन्दी गर्दै अपाङ्गहरू  धर्नामा

                     
Logo १७ मंसिर २०८०, आईतवार १९:०४    

महेन्द्र सदा ,पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले अपाङ्गहरूको विषयमा कुनै चासो नलिएको भन्दै अपाङ्गहरूले पालिकामा ताला बन्दी गर्दै भर्नामा बसेका छन ।

अपाङ्गहरूको हक अधिकारको लागी ५ बुँदे माग राखी बिहान १० बजे कार्यालय संचालन हुनै लाग्दा अपाङ्ग कल्याण समाजको नेतृत्वमा आएका अपाङ्गहरूले पालिकाको मूल गेटमै तालाबन्दी गरि धर्नामा बसेका हुन ।

पालिकामा रहेका अपाङ्गहरू को तथ्याङ्क संकलन गर्न ५ वटा वडा रहको , मधेश सरकारबाट आएको ५० थान ह्विल चियर  समयमा वितरण नगरी छतमा राख्दा घाम पानीबाट कवाडीमा परिणत भएको , नगर सभा हलमा कार्यक्रम गोष्ठी गर्दा अपाङ्गहरूलाई सहुलियत नदिएको , अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको लागी पालिकाले बजेट निर्धारण नगरेको , समन्वय समितिमा पालिका व्यक्तिलाई समावेश नगर्दा अपाङ्ग हक अधिकारबाट बञ्चित भएको अपाङ्ग समाजका अध्यक्ष धनेश्वर यादवले बताए ।

अपाङ्गहरू को माग पुरा नभए सम्म धर्ना तथा तालाबन्दी जारी रहने समाजका सचिव जय नारायण साहले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?