Logo

राजविराजको नेहा अफसेट प्रेसमा आगलागी हुँदा १० लाख बराबरको क्षति

                     
Logo १८ मंसिर २०८०, सोमबार १९:०७    

राजविराज । सप्तरीका पत्रकार ओम प्रकाश साहको अफसेट प्रेसमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको  छ ।

राजविराज ७ स्थित मेन रोडमा  स्वचालित नेहा अफसेट प्रेसमा सोमबार बिहान १० बजेतिर विधुत सर्ट भई अचानक आगलागी भएको हो ।

आगलागीबाट अफसेट प्रेसमा रहेका कम्प्युटर, ए फो कलर प्रिन्टर, ए थ्री प्रिन्टर, इन्भर्टर ब्याट्री, फाइव केभी स्टेप्लाइजर, फर्निचर, कगज पत्र लगायतका विभिन्न महत्त्वपूर्ण औजारहरू जल्दा १० लाख बराबरको क्षति भएको प्रेसका अपरेटर राजेश चौधरीले बताए ।

आगो राजविराजबाट आएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो भने तथा क्षतिको थप विवरण आउन बाँकी रहेको  प्रहरीले जनाएको छ ।

पत्रकार तथा अफसेट प्रेस सञ्चालक प्रकाश साह भने यतिबेला भारत भ्रमणमा रहका छन । 


लोकप्रिय छुटाउनुभयो कि ?