राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिकामा साढे ८४ करोडभन्दा बढीको लागतमा निर्माण हुने भनिएको मदन भण्डारी खेल ग्राम स्थानीय सरकारको उदासिनताको कारण एकादेशको कथामा परिणत भएको छ ।


स्थानीय स्तरबाटै राष्ट्रियर/अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत मद्दत पुग्ने उद्देश्यले २०७५ साल चैत्र २ गते तामझामका साथ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा कञ्चनरूप नगरपालिकाको वडा नं। ९ स्थित विष्णु सामुदायिक वनको हात भित्र उद्घाटन गराइएको खेल ग्राम योजना अलपत्र भएको छ ।
फुटबल ग्राउन्ड तथा एथलेटिक्स ट्य्राक सहित अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सहितको मदन भण्डारी खेल ग्राम निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले टेन्डर समेत आह्वान गरिसकेको अवस्थामा सामुदायिक वन क्षेत्रमा परको भन्दै वन डिभिजन कार्यालयले रोक लगाए पछि खेल ग्रामको कुनै काम अगाडि बढ्न सकेको छैन ।

जिल्ला खेलकुद विकास समिति सप्तरीमा कार्यालय प्रमुख दिनेश कुमार भुजेलका अनुसार कञ्चनरूप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्रको कार्यकालमा १५ बिघा जग्गा उपलब्ध गराई प्रभाव मूल्याङ्कन (EIA) प्रतिवदेन तयार भै टेन्डर समेत आह्वान भैसके पछि वन डिभिजन कार्यालयले रोक लगाएकोले मिश्रबाट कुनै पहल नगरिदिँदा खेल ग्राम निर्माणको कार्य अलपत्र परेको बताए ।
खेल ग्राम निर्माणका लागि आएको ७ करोड रुपैयाँ फ्रिज भएको खेलकुद विकास समितिमा प्रमुख भुजेलले बताए ।
भुजेलका अनुसार अझ पनि यस खेल ग्राम निर्माण कार्य अघि बढाउन सकिन्छ तर स्थानीय सरकारले यसमा चासो दिनु पर्ने छुन्छ । जसको लागी स्थानीय पालिकाले वन मन्त्रालय मार्फत मन्त्री परिषदमा पठाएमा मन्त्री परिषदबाट पास भएमा कार्य उल्लेख गर्ने बताए ।
कञ्चनरूप नगरपालिकाका वर्तमान नगर प्रमुख ललन प्रसाद गुप्ता भन्छन् मैले एक्लै पहल गरेर हुन्न सबैले साथ दिनु पर्ने त्यही यहाँ भैरहेको छैन ।
यता स्थानीय मा भने खेल ग्राम निर्माण भयो भने रङ्गशाला निर्माणले विभिन्न प्रतियोगिता आयोजना गर्न सहज हुनुका साथै स्थानीय स्तरबाटै राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत मद्दत पुग्ने आसमा छन ।
यता खेलग्राम गुरुयोजना अनुसार कुल क्षेत्रफल ४१।४९४५ हे। रहेको देखिन्छ । जसमा संरचना निर्माणका लागि ७।६४६९ हे। जग्गा उपलब्ध छ । यस खेलग्राम उत्तर तर्फ पूर्वपश्चिम राजमार्ग, दक्षिण तर्फ वसन्तीहरू , पश्चिम तर्फ सुन्दरी खोला र पूर्व तर्फ खेतियोग्य जमिन रहेको छ । खेलग्रामको कुल सिट क्षमता एकै पटकमा ५०००, जना सम्म आगमन तथा निगम गर्न सकिने रहेको छ । यहाँ अन्तराष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरू गरिने अनुमान गरिएको छ । खेलकुद सम्बन्धी दायरा बढाउनुका साथै यस क्षेत्रमा सुधार गर्न मद्दत गर्नेछ । यस खेलग्रामको अन्तर्गत फूटबल स्टेडियम क्रिकेट ,स्टेडियमकबर्ड , हल ,कब्बडी मैदान ,भलिबल मैदान ,बास्केटबल मैदान , ब्याडमिन्टन कोर्ट र स्विमिङ पुन बनाउन प्रस्ताव गरिएको देखिन्छ ।
वातावरण संरक्षण नियमावली, २०७७ अनुसूची –३ ९नियम ३ सँग सम्बन्धित०–९ङ —२० आवास, भवन तथा बस्ती विकास र सहरी विकास क्षेत्र अन्तर्गत २,००० जना भन्दा बढी व्यक्ति एकैपटक आगमन तथा निगमन हुने सिनेमाहल, थिएटर, सामुदायिक भवन, रङ्गशाला, कन्सर्टहल, स्पोर्ट्स कम्प्लेक्स निर्माण गर्ने कानुनी व्यवस्था भएको हुँदा यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सम्बन्धित मन्त्रालयबाट स्वीकृत गराउनु प्रावधान रहेकोले खेलग्रामको निर्माण मा वन डिभिजन कार्यालयले रोक लगाएको हुन सक्ने जानकारहरू बताउँछन ।
खेलग्राममा भने एकै पटक ५,००० जना सम्म आगमन तथा निगम गर्न सकिन्छ भएकोले यसको , वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु उल्लेख अनुसार राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी मापदण्ड सहितको कार्यविधि, २०७६ मा उल्लेख भए बमोजिम योजनासँग सम्बन्धित मन्त्रालयले त्यस्ता योजना कार्यान्वयन गर्दा वातावरणमा पर्ने प्रभावका सम्बन्धमा वातावरण सम्बन्धी प्रचलित कानुन बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्नु पर्दछ भन्ने उल्लेख छ । यो समाचार आजको मघेश दृष्टिमा प्रकाशित छ ।












