Logo

फाउण्डेसनकी अध्यक्ष सुनिता साहले शहीद परिवारलाई राहत वितरण

                     
Logo २४ मंसिर २०८०, आईतवार १९:१२    

राजविराज । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मलेठ घटना शहीद परिवारलाई तराई मधेस महिला फाउन्डेसन नेपालकी अध्यक्ष सुनिता साहले राहत वितरण गरेकी छन ।

सहिद विरेन्द्र महतोका श्रीमती रञ्जना देवी महतोलाई राहत स्वरुप एक बोरा चामल , बालबच्चालाई  ४ दर्जन कपी, पेन्सिल, कटर,लेजर,बिस्कुट सामाग्री सहित प्रदान गरिएकी हुन । अध्यक्ष शाहले राष्ट्र, राष्ट्रियता र जनताका लागि जीवन उत्सर्ग गर्नेहरू प्रति राज्यले सहयोग र सम्मान नगरेकोमा दुःख व्यक्त गरिन।

सप्तरीको मलेठमा  २०७३ साल फाल्गुण २३ तत्कालीन नेकपा एमालेले मेची महाकाली अभियानको कार्यक्रममा प्रहरीको गोली लागेर मलेठका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?