कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरू तलबभत्ता माग गर्दै उनीहरु मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।


तीन महिना बितिसक्दा समेत शिक्षक, कर्मचारीले तलब नपाएको भन्दै पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरूले सामूहिक ¥याली विरोध प्रदर्शन गर्दै आन्दोलनमा उत्रेका हुन ।
कञ्चनरूप नगरपालिकाको प्राङ्गणमा धर्नामा बसेका शिक्षक कर्मचारीहरूले नगर प्रमुख ललन प्रसाद गुप्ता र शिक्षा शाखा संयोजक नवराज खड्काका कारण समयमा तलबभत्ता निकासा नभएको उनीहरूले आरोप लगाए छन ।

आन्दोलनरत शिक्षकहरूले कञ्चनपुर नगर परिक्रमा गरी तलबभत्ता निकासाको लागी दबाब दिन धर्नामा बस्नु परेको प्रधानाध्यापक महेश परियारले बताएका छन ।
तलब निकासा गर्ने विषयमा कञ्चनरूप नगरपालिकाले कुनै चासो नराखेको हुदाँ माघ १७ गते बुधबार १० बजे बिहान नगरपालिकाको गेटमा ताला बन्दी गरिने संघर्ष समितिका अध्यक्ष प्रधानाध्यापक गजेन्द्र प्रसाद चौधरीले बताए
उनले तीन महिना बितिसक्दा समेत शिक्षक, कर्मचारीले तलब नपाउँदा गत माघ ९ गते नगर प्रमुख ललन प्रसाद गुप्ता ,उपप्रमुख मुनाकुमारी पोखरेललाई तलब निकासा सम्बन्धी ज्ञापनपत्र बुझाउँदा समेत सुनुवाइ नभएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको जानकारी दिए ।
शिक्षा शाखाका प्रमुख नवराज खड्कालाई उक्त तलब निकासा बारे सबै जानकारी गराउँदै माघ १५ गते सम्ममा निकासाको व्यवस्था मिलाउन आग्रह गर्दा कुनै पहल नगरेको प्राध्यापक परियारले गुनासो गरे । उनले शाखा प्रमुखलाई धर्नामा आएर आफ्नो बिचार राखिदिनु हुन पटक पटक आग्रह गर्दा समेत आउन नमानेको बताए ।
धर्नामा बसेका शिक्षक, कर्मचारीहरूलाई आफ्नो समर्थन रहेको नगर उपप्रमुख मुनाकुमारी पोखरेल । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले शिक्षकहरूको आन्दोलनमा समर्थन जनाएका छन ।
यता प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेका अनुसार नगर प्रमुख ललन प्रसाद गुप्ताले बजेट नीति तथा कार्यक्रम कार्यान्वयनका लागि अख्तियारी नदिँदा कर्मचारीहरू तलबभत्ताबाट वञ्चित हुनुको साथै पालिकाको विकास निर्माणका कार्यहरू समेत रोकिएको जनाएका छन ।












