Logo

हावादारी समाचारको पछाडि लागेर भ्रम छर्नु सही दिमागको उपज हैन :प्रमुख प्रशासकीय अधिकृत साह

                     
Logo २४ माघ २०८०, बुधबार २०:५०    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह हाजिर भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा साहले नगरपालिकामा हाजिर एकै दिन जन प्रतिनिधि , कर्मचारी तथा कार्यपालिका सदस्यहरू लगायतसँग परिचयात्मक कार्यक्रममा हाजिर हुन नपाउँदै मिडिया बाजी गरेर बदनाम गरेकोमा दुखेसो गरे ।

परिचयात्मक कार्यक्रमका अधिकृतमा साहले केही सञ्चारमाध्यममा प्रकाशित नकरात्मक समाचार प्रति आपत्ति जनाउदै हाजिर हुन नपाई यस्तो उस्तो भनेर समाचार सम्प्रेषण गर्नु गलत भएको बताए । उनले भने कुनै पनि किताब नपढी बाहिरी कभर हेरेर त्यसको बारेमा बताउँदै के किताब भित्रको वास्तविक थाहा हुदैन । कुन पत्रकारको के स्वार्थ पुरा भएन त्यसैले जे पायो त्यही लेखेका हुन त्यसको कुनै तथ्य प्रमाण छैन हावादारी समाचारको पछाडि लागेर भ्रम छर्नु भनेको सही दिमाग भएको उपज नभएको जस्तो छ ।

अधिकृतमा साहले कुनै पनि समाचार प्रकाशन गर्दा तथ्य र प्रमाणका साथ प्रकाशन गर्न आग्रह गरे ।

मनगडन्ते तथा कपोकल्पित समाचार लाई शेयर गरे भ्रम फैलाउनै काम कसैले गर्न हुँदैन र कुन समाचार आधिकारिकको हो वा हैन विचार गरे मात्र शेयर लाइक र कमेन्ट गर्न आग्रह अधिकृतमा साहले आग्रह गरे ।

परिचयात्मक कार्यक्रममा नगर प्रमुख ललन प्रसाद गुप्ताले नगरको समग्र विकासमा आफू लागिपरेको र कार्यलयका प्रमुख भनेको आउने जाने प्रक्रिया भैरहन्छन् । अब नगरका रोकिएका कामहरू सुचारु गर्दै अगाडि बढ्न आग्रह गरे ।

नगर प्रमुख गुप्ताले हिजो अस्ति जजसले जे जे गरे त्यो सब बिर्सिएर कर्मचारी जनप्रतिनिधि लगायत सबैले आ आफ्नो ठाउँबाट नगरको काममा लाग्नु पर्ने बताए ।

परिचयात्क कार्यक्रमा नगर उप प्रमुख ,१२ वटै वडा वडा अध्यक्ष, कार्यपालिका सदस्य , विषयगत शाखाका शाखा प्रमुख , कर्मचारी , वडा सदस्य , वडा सचिाव लगायतको उपस्थिीती रहेको थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?