काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा अहिलेसम्मकै बढी आवेदन परेको छ। कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा ६ लाख ६ हजार ३३१ जनाले आवेदन दिएका छन्। आवेदकको आधारमा १० कित्ताको लागि पनि 'लक्की ड्र'मा पर्नु पर्ने भएको छ।


कम्पनीले सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो। यसमा कम्पनीको प्राथमिक शेयर ५ लाख ६७ हजारले १० कित्ता शेयर पाउन सक्छन् तर ६ लाख ६ हजारले आवेदन दिएसँगै ३९ हजार ३३१ जनाको हात खालिहुने भएको छ।













