Logo

राष्ट्रिय सम्मानका साथ आरोही शेर्पाको अन्त्येष्टि

                     
Logo ७ आश्विन २०७७, बुधबार १४:२९    

काठमाण्डौं आश्विन ७ गते २०७७ ।

१०औँ पटक विनाअक्सिजन सगरमाथा आरोही कीर्तिमानी आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको शेर्पा समुदायको परम्पारगत विधि अनुरूप काठमाडौमा अन्तिम संस्कार गरिएको छ । उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे । उनको सोमबार बिहान १० बजे आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको थियो ।

उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका छन्


लोकप्रिय छुटाउनुभयो कि ?