Logo

करेन्ट लागेर मृत्यु

                     
Logo ७ आश्विन २०७७, बुधबार १५:०३    

कञ्चनरुप आश्विन ७ गते २०७७ ।

ओखलढुङ्गा मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर मृत्यु भएको हो । मोलुङ हाईड्रोको हाईटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका–१२ को भडारेमा पोलमा चढ्दा विद्युत् सर्ट भई करेन्ट लागेर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए ।

मृतावस्थामा विद्युत्को पोलमा झुण्डिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मुचुल्का गरी खत्रीको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?