कमला भट्टराई


विराटनगर, आश्विन ७ गते २०७७ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिए संगै प्रदेशमा संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ मन्त्रालयका अनुसार मोरंङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय १९ पुगेको छ ।












