काठमाण्डौं आश्विन ७ गते २०७७ ।


नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ ।
बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कुनै दिन २५ हजार भन्दा बढी सक्रिय संक्रमित भए लकडाउन गर्न सिफारिस गरेकोे बताए ।

संक्रमणदर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पुरा हुन नसक्ने सेवा र व्यवसाय कम्तिमा १ महिना बन्द गर्नुपर्ने मन्त्रालयको ठहर छ ।
अहिले सक्रिय संक्रमित १७ हजार ४ सय १४ जना छन् । यस्तै अन्तराष्ट्रिय नाकामा हेल्थ डेक्स स्थापना गर्ने र त्यसका लागि दरबन्दी तयार गर्नेसमेत निर्णय भएको छ ।
पिसिआर परीक्षणको धेरै शुल्क लिने ल्याव र अस्पतालको कडाइका साथ अनुगमन गर्ने पनि मन्त्रालयले जनाएको छ ।
कोरोना नियन्त्रणका जुन जनु निकायबाट कति खर्च भएको छ ति निकायले तत्कालै खर्च सार्वजनिक गर्न पनि मन्त्रालयले भनेको छ ।












