Logo

सप्तकोसी नगरपालिकाले २०७७।७८को बजेट ,नीति तथा कार्यक्रम प्रस्तुत

                     
Logo ७ आश्विन २०७७, बुधबार १८:३०    

शिव आचार्य

सप्तकोशी आश्विन ७ गते २०७७ ।

सप्तकोसी नगरपालिकाको २०७७।७८को बजेट ,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाचौ नगरसभा सम्पन्न भएको छ ।

सभामा आ ब २०७७।७८ को वार्षिक बजेट ४६ करोड ८१ लाख ६७ हजार ४ सय ७० रुपैया बराबरको बजेट प्रस्तुत गरिएको थियो ।

नगरसभाको उदघाटन कार्यक्रम का प्रमुख अतिथि प्रदेश न २ का प्रदेश सदस्य तथा ने क पा स्थाइ कमिटी सदस्य सत्यनारायण मन्डलले पानस मा बत्ती बालेर गर्नुभएको थियो । उद्वघाटन पश्चात् कार्यक्रम मा बोल्दै प्रमुख अतिथी मन्डल ले देशमा ब्यबस्था फेरिए पनि मानिस को सोच मा परिवर्तन नभएको बताउनु भयो । नया प्रणालीमा देश गए पनि त्यो अनुसार जनताको चाहना पनि फेरिनु पर्ने मा उहाले जोड दिनु भयो ।

कार्यक्रम मा बोल्दै विशिष्ट अतिथी जेष्ट नागरिक मुरारी कार्की ले सबै जनप्रतिनिधि हरुले आफुले बनाएका योजना अक्षरस पूरा गर्न बताउनु भयो ।

त्यस्तै अर्का विशिष्ट अतिथी नेपाल किसान संघ का केन्द्रिय सदस्य पुष्प बस्नेतले नगरले स्थानीय स्तर मा सन्चालन भएका उधोग सन्चालन मा टेवा पुर्याउने , किसान को सम्स्या लाई सम्बोधन गरि हाम्रै वरिपरि भएका जडिबुटी लाई संकलन गरि आय आर्जन का कामलाइ अगि बढाउन नगरपालिका लाई सुझाव दिनु भयो।कार्यक्रम मा बोल्दै ने क पा जिल्ला कमिटी सद्स्य सन्तोष खतिवडा ले लामो जन्युद्व र जनता को बलिदानी बाट आएको गणतन्त्र अहिले शिशु अवस्था मा रहेको ले यसलाई सबै मिलि फुलाउनु पर्ने मा जोड दिए ।

कार्यक्रम मा वडा अध्यक्ष नारायण आचार्य ,वडा सद्स्य कालुराम बिष्ट,जिल्ल वन महासङ का अध्यक्ष अशोक चौधरी ,लैगिक हिंसा कि नगर अध्यक्ष गिता पौडेल,ब्यापार संघ फत्तेपुर का अध्यक्ष सुदास राई र त्रियुगा सहकारी का अध्यक्ष शम्भु खडका लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रम मा नगरपालिका का निमित्त प्रमुख प्रसाशकिय अधिकृत रामदेब चौधरी ,उप मेयर आशा चौधरी , विभिन्न पार्टीका पार्टिका प्रतिनिधि , संघ सस्था का प्रतिनिधि को सहभागीता रहेको थियो।

सभा नगर प्रमुख उत्तम कुमार शर्मा को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा कार्यपालिका सदस्य लिला थापा मगर ले स्वागत मन्तब्य राखेकी थिइन।कार्यक्रम को सन्चालन वडा न ४ कि वडा सदस्य सर्मिला खडका ले गरेकी थिइन ।


लोकप्रिय छुटाउनुभयो कि ?