Logo

कोरोना संक्रमित हनुमाननगर कंकालिनी नगरपालिकाका मेयरलाई काठमाडौं रिफर

                     
Logo ७ आश्विन २०७७, बुधबार १९:०१    

कञ्चनरुप आश्विन ७ गते २०७७ ।

कोरोना संक्रमित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले प्रादेशिक कोभिड–१९ विशेष अस्पतालमा भेन्टिलेटर नपाएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

कोरोना संक्रमित मेयर साहलाई निमोनियाको लक्षण देखिएको र भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता परेकोले थप उपचारका लागि उनलाई काठमाडौंस्थित ह्याम्स अस्पताल रेफर गरिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक डा. श्रवणकुमार मिश्रले जानकारी दिएका हुन ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा मंगलबार गरिएको परीक्षणमा नगर प्रमुख शैलेशकुमार साह र उनका चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो

सप्तरीमा अहिलेसम्म १ हजार १ सय ७५ जना कोरोना संक्रमित भईसकेका छन् भने संक्रमणका कारण ११ जनाको मृत्यु समेत भइसकेको छ ।

mर गरिएको डा.मिश्रको भनाइ छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?