Logo

सप्तरीमा थप एक जना कोराना संक्रमितको मृत्यु

                     
Logo ८ आश्विन २०७७, बिहीबार ०९:३६    

कञ्चनरुप आश्विन ८ गते ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगीे कोरोनाका कारण बिहीबार बिहान ५ बजेतिर मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए ।

मृत्यु भएका पुरुष प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे । उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए ।

हालसम्म ८२३ जना निको भएर घर फर्किएका छन् । सप्तरीमा कोरोनाबाट हालसम्म १२ जनाले ज्यान गुमाइसके स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

सप्तरीमा बुधबार ४ सुरक्षाकर्मी सहित १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?