Logo

सप्तरीको भारदह अस्पताल अनिश्चित कालकालागि बन्द

                     
Logo ८ आश्विन २०७७, बिहीबार १८:३१    

कञ्चनरुप आश्विन ८ गते २०७७ ।

सप्तरीको भारदह अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालका सबै सेवाहरु अनिश्चितकालकालागि ठप्प गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा रहेको भारतह अस्पतालका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सूचना जारी गर्दै अर्को व्यवस्था नहुन्जलेसम्मको लागि अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु ठप्प रहेको अस्पतालका डा. कुन्दन ठाकुरले जनाएका छन ।

सूचना अनुसार अस्पतालमा कार्यरत कर्मचारीमध्ये १ जना प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणअनुसार भारदह अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा कार्यरत २ चिकित्सकसहित कर्मचारी, स्वास्थ्यकर्मी र औषधि पसलेसमेत ४१ जनाको बिहीबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए ।

अन्य कर्मचारीहरु पनि नमूना स्वाब संकलन भइरहेकाले पिसीआर परीक्षणको रिपोर्ट नआएसम्म सवै सेवा ठप्प रहने सूचनामा उल्लेख छ ।


लोकप्रिय छुटाउनुभयो कि ?