Logo

उदयपुरमा लागुऔषधसहित ६ जना पक्राउ

                     
Logo ८ आश्विन २०७७, बिहीबार १९:३३    

कञ्चनरुप आश्विन ८ गते २०७७ ।

त्रियुगा नगरपालिका २ जोगीदहको रुट भएर उदयपुर र सप्तरीको पूर्वी दक्षिणी नाका फत्तेपुरबाट भित्रिएको १ सय ५ थान र त्रियुगा ६ र सप्तरीको नाका लालपत्ताबाट आएको १ सय ८० थान लागुऔषधसहित ६ जनालाई बुधबार पक्राउ गरेको उदयपुर प्रहरीले जनाएको छ ।

सप्तरीको फत्तेपुर नाकाबाट लागुऔषध ल्याएर त्रियुगा १ र २ क्षेक्रमा बिक्री वितरण भईरहेको भन्ने सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले किनबेच भईरहेकै अवस्थामा स १ प ३२२४ नं. को मोटरसाईकलसहित उनीहरुलाई १ सय ५ थान लागुऔषधसहित पक्राउ गरेको प्रहीले जनाएको छ ।

नियन्त्रणमा पश्चात उनिहरु माथी चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔष फेला पारी बरामद गरेको हो । यसै गरी उनिहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।

लागु औषध सहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिकाका १२ को रजामुदिन अन्सारी, मिलन बिश्वकर्मा, सागर पौडेल, शिब अधिकारी, बिशाल मगर र दिलिप घिमिरे रहेका छन ।

त्यस्तै उनिहरुलाई पक्राउ गरिएसंगै अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीलेनै उदयपुर त्रियुगा नगरपालिका वडा नं. ६ लालपत्ताबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमको प्रबेश मिया र हजारुम खातुन रहेका छन । उनिहरु श्रीमान श्रीमती रहेको खुल्न आएको छ । प्रहरीले उनिहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका आठै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?