कञ्चनरुप आश्विन ९ गते २०७७ ।


सप्तरीको कञ्चनरुप नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा सबै सेवाहरु एक हप्तकालागी शिल गरिएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै आश्विन ९ गते देखि १५ गते सम्मकालागी प्रवाह हुने सम्पूर्ण सेवाहरु ठप्प रहेको जनाएको छ ।

सूचना अनुसार नगकरपालिकाका कार्यरत कार्यालय सहयोगीलाई राजविराज प्रयोगशालामा गरिएको परीक्षण संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा सह संयोजक डम्वर गुप्ताले जानकारी दिए ।
सूचनाअनुसार शिक्षा स्वास्थ्य, पशुसेवा कृषि र वडा नं. ८ बाट हुने सम्पुर्ण सेवा बन्द गरिएको उल्लेख













