Logo

सप्तरीमा कोरोना संक्रमित थपएकको मृत्यु ,मृत्यु हुनेको संख्या १३ पुग्यो

                     
Logo ९ आश्विन २०७७, शुक्रबार १५:१५    

कञ्चनरुप आश्विन ९ गते २०७७ ।

सप्तरीको राजविराजमा थप एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

संक्रमित राजविराज –३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११ बजे मृत्यु भएको उनका छोराले जानकारी दिए ।

भदौ २५ गते संक्रमण पुष्टि भएका १२ दिन अघिदेखि उनी धरानमा उपचाररत रहेका थिए । उनका जुम्ल्याहा दाजुको श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा भदौ १३ गते सप्तरीको भारदहस्थित बाटोमा मृत्यु भएको थियो ।

शव धरानमै रहेकाले प्रतिष्ठानमा ल्याउने तयारीमा परिवारका सदस्यले दिएको जानकारी दिएका छन । योसँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हालसम्म ३६३ जना सकृय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ भने ८५१ जना डिस्चार्ज भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?