कञ्चनरुप आश्विन ९ गते २०७७ ।


निरन्तर दुई तीन दिन देखीको झरीले सप्तरी सदरमुकाम राजविराज बजार जलमग्न भएको छ भने विभिन्न स्थानीय तहमा डुवान सुरु भएको छ ।
ढल निकास नहुँदा राजविराज नगरपालिकाको वडा नं. २, ४, ५, ६, ७, ८, ११ र १३ का झण्डै ५ सय घरमा बाढीको पानी पसेको छ ।

बर्षाको पानीले राजविराजस्थित गजेन्द्र चौक सिरहा रोड, अदालत रोड लगायतका क्षेत्र जलमग्न भएका छन् । प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय राजविराज, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, वन कार्यालयका भु–भाग जलमग्न भएको छ । बजारको कतिपय सडकहरु जलमग्न हुँदा सर्वसाधारणहरुलाई हिलडुल गर्न कठिनाई भएको छ । राजविराजको वडा नम्वर ५ र ६ का केही बस्तीमा पानी पसेर जनजीवन प्रभावित भएको छ ।
जिल्लका खड्क, त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गंगाजली, सप्तकोशी, महुली, जिता, खाडो, बलान, जितालगायत नदीमा वाढि वढेको छ ।
वाढिका कारण सदरमुकाम राजविराज समेत डुवानमा परेको छ । नगर प्रमुख शम्भुप्रसाद यादवले वर्षाको पानीले प्रभावित भएका परिवारको जनजीवन सहज गर्नेतर्फ कार्य भइरहेको बताए ।














