Logo

आज थप १को मृत्य सप्तरीमा कोरोनाबाट मृतकको संख्या १४

                     
Logo १० आश्विन २०७७, शनिबार ११:५६    

राजविराज आश्विन १० गते २०७७ ।

सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहानपख १ः३० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

असोज ८ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए । विराट मेडिकल कलेज बिराटनगरबाट रिफर प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा उनमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार २४४ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ८९३ जना निको भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

यादवका अनुसार राजविराजस्थित आइसोलेशन केन्द्रमा ६८ जना, तिलाठी कोइलाडीस्थित आइसोलेशन केन्द्रमा ९ जना र कञ्चनरुपस्थित आइसोलेशन केन्द्रमा ६ जना रहेका छन्। अरु सबै जना होम आइसोलेशनमा रहेका छन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?