कञ्चनरुप,


आश्विन १७ गते २०७७ ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ‘संविधानकै त्रुटिले अहिले यसलाई संस्थागत र व्यवस्थित गर्न पनि त्रुटि भइरहेको बताएका छन् ।

सप्तरीको बोदे बरसाईन नगरपालिका–५ बरसाईन बजारमा शुक्रवार आयोजना गरिएको कार्यक्रर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘त्रुटिपूर्ण संविधानलाई समय सापेक्ष परिवर्तन र संशोधनको आवश्यता छ’ उनले भने–‘ त्रुटिपूर्ण संविधानलाई समय सापेक्ष परिवर्तन र संशोधनको आवश्यकता भइरहेको छ ।
यसलाई सुधार गरेर अघि बढ्नु संघियताको पनि मर्म रहेको उनले बताए । उनले संवैधानिक व्यवस्थामा रहेको राम्रा पक्षलाई संस्थागत गर्दै सुधार गर्नुपर्ने पक्षकै मुद्दाहरुमा अघि बढेको बताए ।
कार्यक्रममा प्रदेश २ का भुमि व्यवस्था, कृषितथा सहकारी मन्त्री सैलेन्द्रप्रसाद साह, राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रदेश सांसादहरु मनिषकुमार सुमन, विधेश्वर प्रसाद यादव र नेत्र बिक्रम साह, बोदे बरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह लगायत ,राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, तिलाठी कोइलाडी अध्यक्ष शतिसकुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम प्रसाद यादव, पार्टीका केन्द्रिय सदस्यहरु सुर्य नाथ यादव, अनिरुद्ध प्रसाद यादव र महेन्द्र प्रसाद चौधरी, पार्टीका प्रदेश सचिव दिनेश यादव, जिल्ला अध्यक्ष केदारप्रसाद यादव, नेताहरु अर्जुन राम, राम प्रसाद चौधरी, अरुण यादव, मनोज कुमार यादवको पनि उपस्थिती थियो ।












