कञ्चनरुप


आश्विन १७ गते २०७७ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको भने थप ८ जनाको मृत्यु छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको मन्त्रालयले बताएको छ ।
संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ४०, प्रदेश नम्बर २ मा ६ सय ११, बागमती प्रदेशमा ६ हजार ८ सय ९३ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ५१, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ९ हजार ७ सय ७७ जना रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५, प्रदेश नम्बर २ मा ५ सय १८, बागमती प्रदेशमा ७ हजार ३७ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ५, कर्णाली प्रदेशमा २ सय ३० र सुदूरपश्चिम प्रदेशमा ३ सय २ गरी देशभरी ११ हजार ५ सय २९ जना रहेका छन ।












