Logo

रानीपोखरी पुनर्निर्माण पछि उद्घाटन

                     
Logo ५ कार्तिक २०७७, बुधबार १४:०२    

काठमाडौं ।

कात्तिक, ५गते २०७७ ।

भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी बुधबार पुनर्निर्माण पछि उद्घाटन गरिएको छ ।

एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माणको कार्य सम्पन्न हुने आशा व्यक्त गरिन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । आलनईन खवरको सहयोग


लोकप्रिय छुटाउनुभयो कि ?