Logo

कञ्चनपुर पूर्व उपाध्यक्ष गुप्ताको उपचारका क्रममा निधन

                     
Logo ५ कार्तिक २०७७, बुधबार १५:०१    

कञ्चनरुप

कार्तिक ५ गते २०७७ ।

सप्तरी जिल्ला क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा कञ्चनपुर गा.वि.स.का पूर्व उपाध्यक्ष रामभरोसी प्रसाद गुप्ताको निधन भएको छ ।

कञ्चनपुर रौनियार समितिका अध्यक्ष समेत रहेका ६५ वर्षीय गुप्ता गए राती ११ बजे बिराटनगर स्थित विराट नसिंह होममा उपचारका क्रममा निधन उनको छोरा मंलेश गुप्ताले बताए ।

गुप्ता लामो समय देखी डायभिटिज, मुटु , निमोनिया र किडनि सम्बन्धि रोगबाट ग्रसित भाइ उपचार गराउँदै आएको पारिवारले जनाए ।

गुप्ता चार दशक अधिबाट नेपाली काँग्रेस राजनैतिक यात्रालाई अगाडि बढाइ संगठनलाई मजबुद बनाउँदै कञ्चनपुर गाविसको उपाध्यक्ष समेत बन्न सफल  थिए । उनि स्थानिय स्तरमा निकै चर्चित र लोकप्रिय नेताको रुपमा परिचित थिए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीका सचिव रामकुमार यादव र नेपाली काँग्रेसका क्षेत्रिय स–सभापति ललन प्रसाद गुप्ताले शोक बक्तव्य जारी गर्दै गुप्ता इमान्दार ,कर्मठ अनुशासित भई राजनितिमा प्रजातन्त्र र लोकतन्त्रको आन्दोलनमा निष्ठावान पूर्वक सक्रिय भई काम गरिरहेको अवस्थामा उहाँको अचानक निधन भएको खबरले नेपाली काँग्रेसलाई ठुलो क्षति भएको बताए।

यसै गरी कञ्चनरुप नगरपालिकाका नगर प्रमुखले गुप्ता घरमै गर निधन प्रति दुःख ब्यक्त गरेको प्रेस सल्लहाकार उत्तम प्रसाद आचार्यले बताए ।

यता जसपाका क्षेत्रिय संयोजक माधव चौधरीले पनि गुप्ता निधन गहिरो सोक प्रकट गरको छन ।

सप्तकोशी किनारमा हिन्दु परम्परा अनुसार गुप्ताको आजै अन्तेष्टी गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?