Logo

इलाका प्रशासन कार्यालय प्रमुख सहित कञ्चनरुपमा तीन जनामा कोरोना पोजिटिभ

                     
Logo ६ कार्तिक २०७७, बिहीबार १७:१६    

कञ्चनरुप

कार्तिक ५ गते २०७७ ।

इलाका प्रशासन कार्यालय कञ्चनपुरका कामु कार्यालय प्रमुख सहित दुई जनामा कोरोना पोजिटिभ देखिएको छ ।

दुई दिन अगाडी कार्यालयका काम काज स्थगित गरि सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरिएको थियो । ४ गते गरिएको स्वाव संकलनको नतिजा अनुसार सो कार्यालयका कामु कार्यालय प्रमुख र खरिदारलाई कोरोना पोजिटिभ पुष्टि भएको हो । यसैगरी वैदेशिक आप्रवासी श्रोत उप केन्द्रका एक कर्मचारीलाई पनि कोरोना पोजिटिभ पुष्टि भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सह संयेजक डम्वर प्रसाद गुप्ताले जानकारी दिएछन ।

इलाका प्रशासनका खरिदार र आप्रवासी श्रोत उप केन्द्रका कर्मचारीलाई कञ्चनरुप स्थित वडा नं. ११मा रहेको आईसुलेशनमा पाठाईएको छ भने आफ्नो घर मोरङ्गको सुन्दर हरैचा पुगेका कामु कार्यालय प्रमुख पनि यसै आईसुलेशनमा आउने सह संयेजक गुप्ताले बताए ।

अहिलेसम्म कञ्चनरुपमा ४९ जना पोजिटिभ मध्ये मृत्यु हुने दुई जना, होम आईसुलेशनमा ५ जना, नगरपालिकाद्वारा सञ्चालित आईसुलेशनमा ६जना र निको हुने ३६ जना रहेका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?