कञ्चनरुप ,


कार्तिक ५ गते ।
विजया दशमी दिपावती तथा छठ पर्वको अवसर पारेर रुपनगर चौक तथा हाट बजार सरसफाइ अभियान सुरु गरेको छ ।

रुपनगर बजार व्यवस्थापन समितिले ’सफा शहर खुशीको रहर’ भन्ने नाराका साथ आज रुपनगर चौक तथा टोलमा बजार समिति सदस्यहरु तथा युवाहरु मिलेर सरसफाइ कार्यक्रमबाट सुरुवात गरिएको हाटबजार व्यवस्थापन समितिका सचिव जैनुदिन मियाँले बताए ।
यस सरसफाइ कार्यक्रममा प्रदेश नम्बर २ का नेकपाका प्रदेश कमिटि सदस्य मो. कलिमले माक्स तथा ग्लोब्स उपलब्ध गराएका थिए ।
सरसफाइ कार्यक्रम हाट बजार व्यवस्थापन समितिका अध्यक्ष भोला यादवको अध्यक्षतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो ।














