Logo

मधेशवादी दलका साँसदले सदनमा आवाज उठाउँन सकेन—लेखी

                     
Logo ९ कार्तिक २०७७, आईतवार १२:५१    

डम्बर राई —कार्तिक ९ गते ।

कञ्चनरुप

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं श्रम तथा रोजगार बिभाग प्रमुख राज कुमार लेखीले पार्टी स्थानिय नेता तथा कार्यकर्ताहरु जोस र जाँगरका साथ जुट्न आग्रह गरेकाछन् । शनिवार सप्तरीको कञ्चनरुप वडा नम्बर ७ स्थित बलुवाचौकमा नगरकमिटीद्धारा आयोजित शुभकामना कार्यक्रममा उनले भने—अरु पार्टीभन्दा जसपा धेरै कान्छो पार्टी भएकाले यसमा अध्ययनको कमी रहेको छ । यहि अध्ययनको कमीका कारण यतिबेला पार्टीमा केहि कमजोरीहरु देखा परेकोले अब हामीले जोस र जाँगरका साथ अध्ययन नगरे पार्टीलाई अगाडी बढाउँन गाह्रो पर्ने बिश्लेषण प्रस्तुत गरेका छन्् । बडादशैं, दीपावली, छठ पर्वको उपलक्ष्यमा शुभकामना तथा बधाई आदान प्रदान आयोजित सो कार्यक्रममा सहभागी स्थानिय नेता तथा कार्यकर्ताहरुलार्ई उनले पार्टीको गतिविधि र प्रादेशिक सिथिलताबारे जानकारी दिइएकाछन् । उनले भने—प्रदेश २ मा आफ्ना पार्टीको सरकार छ यधपी पार्टीको बाहुल्यता छ तर केहिपनि काम हुन सकेका छैनन् । तीन बर्ष बितिसक्यो प्रदेश सरकारले अहिलेसम्म आयोगहरु गठन गरेर संघिय सरकारमा पठाउन ढिलाई गर्यो, प्रदेश सरकारले आफैले गर्नसक्ने काम नगरेपछि संघिय सरकारलाई यसमा दोष दिन नमिल्ने लेखीले बताए । दलितको कार्यक्रममा सात लाख छुट्टाइन्छ तर धार्मिक कार्यमा ९३ करोड खर्चिन्छ , यस्ता विभेदकारी कार्य सरकारले गर्दै आएको उदाहरण पस्किदै उनले भने—सरकारलाई दवाव स्वरुप आवाज उठाउने की नउठाउने ? के देखेर, बुझेर पनि चुप लाग्ने त ? जसपाको केन्द्रमा ३४÷३५ जना साँसदहरु छन् तर कसैले पनि सँसदीय मोर्चाका आवाज सदनमा उठाउन अभियान चलाउने काम गरेका छैनन्, । पार्टीले मंसीर १० गते भित्रमा प्रदेशहरुमा समायोजन गरीसक्ने र जिल्लाहुदै वडा स्तरमा मंसीर ३० भित्रमा पार्टी समायोजन हुने जानकारी दिदै लेखीले स्थानिय तहमा सबै कार्यकर्ताहरु पार्टीको काममा लागिपर्न सुझाव दिइएकाछन् । यस्तै पार्टीका केन्द्रिय सदस्य तथा कार्यक्रमका बिशिष्ट अतिथि कल्पना चौधरीले दुई पार्टी एकताले समग्र मधेशको मात्र नभएर मुलुककै समउन्नत बिकासमा टेवा पुर्याउनेमा विश्वस्त दिलाइन् । उनले पार्टी ठुलो शक्तिमा फट्को मारेको उपलब्धीले अब यो देशमा जसपा बाहेक अरु पार्टीको विकल्प नरहेको बताइन् । समारोहमा क्षेत्रिय संयोजक माधव प्रसाद चौधरीले पार्टी संचालनमा कसैले पनि चित्त दुखाउने तथा मन सानो मनाएर बस्ने होइन, संकुचित भावनाले हामी बस्यौंभने विपक्षीहरुले हामीलाई कमजोर तुल्याउन सक्छ जसपा राष्ट्रको गौरवशाली पार्टी भएकोले ढुक्क भएर संगठनको काममा लाग्न आग्रह गरेकाछन् । जिम्मेवारीमा निश्चित तोकिएको व्यक्तिले पार्टीको विधान र दस्तावेजलाई पालना गर्न गराउन तथा चालकको रुपमा काम गर्ने हो तर यसबाट कुनै लाभांश उठाउने लगायतका लोभ लालचामा नपर्न चौधरीले सुझाव दिइएका छन् । पार्टीमा सबैको समान हक, अधिकार भएकोले जिम्मेवारी, कर्तव्य र दायित्व पनि समानरुपमै निर्वाह गर्नुपर्छ । पार्टीका नगर संयोजक सुदाम्बर यादवको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व राजपाका नगर संयोजक तथा ७ नम्बर वडा अध्यक्ष हरिकृष्ण महत्तो, रामेश्वर यादव, जामुन महत्तो, घनश्याम साह, लक्ष्मी प्रसाद चौधरी, सञ्चारकर्मी डम्बर राई, राजदेष यादव, गुडु गुप्ता, ललकु चौधरी, ललित शर्मा, कल्पना चौधरी(वी), लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । घोघानपुर पूर्व गाविस उपाध्यक्ष मुखीलाल चौधरीले कार्यक्रमको संचालन गरेको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?