कञ्चनरुप


कार्तिक ११ गते २०७७ ।
चाडवाडको वेलामा पनि सप्तरीमा बलत्कारका घटना रोकिएन १८ बर्षिया किशोरी र४५ वर्षीया महिला बलात्कृत भएका छन् ।

गत शनिबार राति करिब ८ बजे घर नजिकैको बाँसघारीमा शौच गर्न निस्कदा सप्तरीको तिरहुत गाउँपालिका–३की १८ बर्षिया दलित किशोरीलाई बलात्कृत भएकी छिन् । घटना संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
घटना यस्तो छ ।
रातिको ८ बजेको समयमा घर नजिकै रहेको बाँसघारीमा शौच दुई युवती शौच गर्न भनि गए । केहि यूवाहरुले दुवै जना किशोरीलाई नियन्त्रणमा लिइ बाँसघारी नजिक रहेको समाधी अस्थलमा लगरेको दुई युति मध्ये एकलाई बलात्कार गरेको अर्की युवती भने कसो कसो भाग्न सफल भईन भागिन , पिडीतकी आमाका शौच गर्न गएकी छोरीहरु घर नफिर्कएपछि आतिदै खोज्दै एउटी किशोरी हस्याङ्ग–फस्याङ्ग गर्दै आइरहेको देखीन र अर्की अलि पर समाधी स्थलमा जादाँ बेहोस अवस्थामा भेटीइन ।
पिडीत किशोरीद्धयका आमाले सोमबार इलका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएन । दुई जना किशोरीमध्ये एक जनालाई जर्वजस्ती करणी भएको र एक जनालाई प्रयास मात्रै भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले बताए ।
घटनामा संलग्नमध्ये एक जना सुनिलकुमार साहलाई पक्राउ गरि कार्यवाही अघि बढाइएको र घटनामा संलग्न थप अभियुक्तहरुको खोजी भइरहेको डिएसपी सिंहले बताए ।
यस्तै बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास भएको आरोपमा सप्तरीमा दुई आरोपित पक्राउ परेका छन् ।
बलात्कार प्रयासको आरोपमा ५२ वर्षीय र ४८ वर्षीय दाजुभाइ पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनपुर डीएसपी सिंहले जानकारी दिए ।
कारागारमा थुनामा परेका आरोपितले भदौ १ गते ११ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोप छ । उनी घटनाको दुई सातापछि कञ्चनरुप नगरपालिका–२ बाट पक्राउ परेका थिए ।
संयोग के छ भने हाल पक्राउ परेका ५२ र ४८ वर्षीय दाजुभाइ तीनै सुस्त मनस्थितिकी बालिकाका बुवा र काका हुन् ।
बालिका पीडित भएको उजुरीमा सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला बत्ती गएको मौका छोपी आरोपितले भदौ १ गते राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिएर टोलभन्दा करिब चार सय मिटर टाढा धान खेतमा लगेर बलात्कार गरेको उल्लेख छ ।
अहिले तीनै थुनामा परेको आरोपितकी श्रीमती पीडित भएको उजुरीमा आरोपित दाजुभाइले असोज ३० गते बिहान ‘मर्निङ्ग वाक’मा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाढ भएको बारीमा एक्लै भएको मौका छोपी नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको उल्लेख छ ।
इप्रका कञ्चनपुरमा तीन महिनामा ६ वटा बलात्कारको घटना दर्ता गरि कार्यवाही प्रक्रिया अघि बढाइएको डिएसपी सिंहले बताए ।












