कञ्चनरुप


कार्तिक ११ गते २०७७ ।
नेकपाका नेता एवम् सप्तरी क्षेत्र नं.१का संविधान सभाका सदस्य मानपुर चौधरीको कोरोना संक्रमणका मंगलबार मृत्यु भएको छ ।

उनको धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा आज दिउसो १ तीस मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठ बताएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी ६२ वर्षिय चौधरीलाई गत कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कंचनरुप नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक डम्बर गुप्ताका अनुसार चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।
स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरी गत असोज २७ गते स्वास्थ्य चेकजाँचका लागि विराटनगर गएका थिए । कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा आईतवार मात्रै उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरी ८ घण्टासम्म अक्सिजन दिएर राखिएको थियो । समस्या थप वढ्दै गएपछि कार्तिक २ गते धरान रेफर गरिएको थियो ।
कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक डम्वर गुप्ताका अनुसार मंगलबार चौधरीको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । चौधरीलाई कोरोना पुष्टि भएपछि उनको उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका करिव ७ जना स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाईनमा वसेका छन् । कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमितको सीक्रय केश १२ जना रहेकोका ७ जना आशोलेश्नमा र ५ जना सेल्फ आइशोलेश्नमा रहेको सह संयोजक गुप्ताले जानकारी दिए । चौधरी २०१८ साल फागुन १० गते सप्तरीको जगतपुर ५ मा जन्मिएका थिए ।
नेकपा पुष्पलाल समूहबाट २०२६ सालमा राजनीतिमा प्रवेश गरेका चौधरी २०४६ साल पछि एमालेको सप्तरीका नेता बनेका थिए । २०५४ सालमा सप्तरी जिल्ला विकास समितिको सदस्य समेत भएका चौधरी २०६३ सालमा नेकपा एमाले, सप्तरीको जिल्ला अध्यक्ष भएर काम गरेका चौधरी २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश पछि २०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा एमालेको विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवारीका रुपमा चुनाव लडेका चौधरी ७ हजार ६ सय ३७ मत ल्याउँदै तेश्रो भएका थिए तत् पश्चात चौधरीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । माओवादीमा उनी मिथिला राज्य समितिको सचिवालय सदस्य थिए । चौधरीका ५ छोरा र १ छोरी छन् ।












