Logo

पूर्व सभासद चौधरीको अन्त्यष्टी , पार्टीका नेता तथा कार्यकर्ताद्धारा श्रद्धाञ्जली अर्पण

                     
Logo १२ कार्तिक २०७७, बुधबार ०८:१२    

डम्बर राई

कञ्चनरुप ,कार्तिक  १२ गते २०७७ ।

पूर्व सभासद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता मानपुर चौधरीको पार्थिव शरीरलाई आफ्नै घरदेखि २ किलोमिटर पूर्वमा पर्ने धनकट्टामा अन्त्यष्टी गरीयो ।

साँझ सात बजेतिर घाटमा ल्याइएको मृतक चौधरीको भौतिक शरीरलाई नेपाल प्रहरी, नेपाली सेनाको सहयोगमा विधिवतरुपले ८ बजेको समयमा दाहसँस्कार गरिएको मृतकका आफन्त सत्य नारायण चौधरीले बताए । मृतक चौधरीको भौतिक शरीरलाई श्रद्धासुमन अर्पण गर्दै पूर्व माननिय तथा पार्टीका सप्तरी इन्चार्ज रामप्रीत पासवानले चौधरीले पार्टीका लागि दिइएका योगदान र त्यागको उच्च कदर गरेका छन् । चौधरीको निधनले पार्टीलाई मात्र नभई सारा समाजलाई नै घाटा भएको नेता पासवानले दुःख व्यक्त गर्दै मृतकको आत्माले शान्ती पावस् र मृतक परीवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे ।

प्रदेश नम्बर २ का साँसद गोविन्द न्यौपाने, प्रदेश २ का पार्टी सदस्य महेश यादव, कञ्चनरुप नपाका नगरप्रमुख बसन्त कुमार, लगायत पार्टीका विभिन्न तह र तप्काका जिम्मेवारी पदाधिकारी तथा सदस्यहरुको बाक्लो सहभागिताले मृतकको सम्झनामा १ मिनेट मौन धारण र चीरशान्तीको कामना गरे । धरान घोपा स्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार दिउँसो १ः१४ बजेको समयमा चौधरीको निधन भएको थियो ।

१५ दिन अगाडी उनी काठमाडौंबाट घर फर्कने बेला पिसिआर टेष्ट गराउँदा नेगेटिभ देखिएको भएपनि काठमाडौबाटै सामान्य ज्वरो र रुगा खोकीमा घर आइपुगेको मृतक चौधरीले पुन बिराटनगरमा उपचार गराउँदा पनि कोरोना नेगेटिभ नै देखाएको थियो । ज्वरो र दमले चाप्दै गएपछि मंसीर २ गते धरान — घोपा पुगेका चौधरीलाई त्यहाँ कोरोना पोजिटिभ पुष्टी भएपछि उपचार गरिन्दै आएको थियो । सप्तरीको साविक गाविस जगतपुर वडा नम्बर ५ मा २०१७ सालमा जन्म भएका मृतक चौधरीका अनगिन्ती राजनीतिक र सामाजिक योगदानहरु छन् ।

विहारी चौधरीको एक मात्र छोरा मृतक चौधरी बिधार्थीकाल देखि नै राजनीतिक क्षेत्रमा लागिपरे अग्रजहरु भन्छन्—यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीको दिगो बिकास गराउँन उनको कम योगदान छैन । सप्तरी जिल्ला सचिव हुदै पार्टीको विभिन्न भातृ संगठनको केन्द्रीय स्तरको जिम्मेवारी बहन गरिसकेका मृतक चौधरीले देश र जनताका आकांक्षानुरुप २०६६ सालमा पार्टी परिवर्तन गरी तत्काल माओवादी केन्द्रमा प्रवेश गरेका थिए । केन्द्रको पोलिटव्युरो सदस्य मृतक चौधरी २०७० सालको दोश्रो संविधान सभाको चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट भारी मतले बिजयी भएका थिए । विभिन्न बाधा र व्यवधानलाई चीरफार गर्दै नेपालको ऐतिहासिक संविधान निर्माण गर्नेकाममा मृतक नेताको यस क्षेत्रमा एउटा इतिहास सावित भएको छ । पाँच छोरी र एक छोराका धनी मृतक चौधरीले पितृ सम्पति बाहेक आफुले केहि जोड्न सकेन तर पार्टी र समाजलाई भने अवश्य दिइएको उनका शुभचिन्तकहरुले व्यक्त गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?