कञ्चनरुप,


कार्तिक १२ गते २०७७ ।
सप्तरीको सप्तकोशी नगरपालिकाका १० र ११ नम्वर वडामा ३१ जना कोरोना संक्रमण भेटिए पछि एक हाप्ताकोलागी वडाहरु सिल गरिएको छ ।

४ र ७ गते गरिएको स्वाव परिक्षणमा ३१ जनालाई कोरोना संक्रमण पुष्टि भए पछि वडा नं. १० र ११ आमामी कार्तिक १८ गते सम्मका लागी अति आवश्यक काम काज वाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्यका मापदण्ड अपनाउदै , दुई मटिरको दुरी कायम गर्न अनुरोध गर्दैै स्थानिय हाट बजार, भेला पात, सेमीनार गोष्टी नगर्नहुन नगर प्रमुख उत्तम कुमार शर्माद्वारा हस्तारक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै इलाका प्रशासन कार्यालय कञ्चनपुरले पनि विज्ञप्ती निकाली अनिश्चितकालका लागी कार्यलयबाट प्रदान हुने सेवाहरु स्थगित गरेको छ ।
विज्ञप्तीमा भनिएको छ यस कार्यालयका प्रमुख र अन्य कर्मचारी कोरोना संक्रमण पुष्टि भएको तथा सप्तकोशी नगरपालिका कोरोना संक्रमण बढेको हुनाले कार्यालयबाट प्रदान गरीने सम्पूर्ण सेवाहरु अनिश्चितकालको लागी बन्द रहने जनाएको छ । 












