Logo

जसपा अध्यक्ष यादव तथा नेकपाका प्रभु साहले स्व. मानपुरलाई श्रद्धाञ्जली अर्पण

                     
Logo १६ कार्तिक २०७७, आईतवार २१:०३    

कञ्चनरुप , कार्तिक १६ गते ।

संविधान सभाका सभासद एवं नेकपाका प्रदेश कमिटी सदस्य स्व. मानपुर चौधरीको घरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबल तथा नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष ,पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद प्रमु साहको टोलीले छुट्टा छुट्टै कार्यक्रम गरी श्रद्धाञ्जली व्यक्त गरे छन ।

‘सप्तरीको क्षेत्र नम्बर १ लाई कम्युनिष्टको लालकिला बनाउन मानपुर चौधरीको ठूलो योगदान छ ।’ जसपा अध्यक्ष यादबले भननुभो,‘ ग्रामिण भेगका एक समान्य किसानको घरमा जन्मेर मानपुर चौधरीले कम्युनिष्ट बिचार र सिद्धान्तलाई आजीवन व्यवहारमा लागु गर्नुभयो ।’ ‘हामी २०४४ सालदेखी सँगै काम ग¥यौं,भूमिगत भयौ अनि भूमिगत कालमा बकाल,जगतपुर र ओद्रहा जस्ता ठाउँम हाम्रो जम घटको थलो हुन्थ्यो ।’ अध्यक्ष यादबले पूर्व सासद चौधरीको मृत्युले आफु मर्माहत भएको बताउनु भो ।

अध्यक्ष यादबको टोलीमा प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादब,जसपा जिल्ला अध्यक्ष केदार यादब,पूर्व सासद सूर्यनाथ यादब,लक्ष्मी चौधरी,जसपाका जिल्ला सदस्य रामेश्वर यादब,कञ्चनरुप नगर कमिटि संयोजक सुदम्बर यादब लगायतका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यता नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह सँगै पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला अध्यक्ष अशोक कुमार मण्डल (अमर) , प्रदेश नम्बर २ की सांसद रुवी कर्ण , पूर्व सांसद ताराकान्त चौधरी , सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा गौतम लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । सप्तरीको संसदिय क्षेत्र नम्बर १ बाट संबिधान सभामा विजय भएका मानपुर चौधरीको गत कार्तिक ११ गते मंगलबार धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?