Logo

मैले मेरो निर्वाचन क्षेत्रमा बढी रकम विनयोज गरेको आरोप सहि हो ः प्रदेश २ का सामाजिक मन्त्री

                     
Logo १६ कार्तिक २०७७, आईतवार १७:५२    

कञ्चनरुप

कार्तिक १६ गते २०७७ ।

शुभकामना आदानप्रदान कार्यक्रममा आएका कन्चनरूप नगरपालिका –७ बलुवा चौकमा प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले आपूmले आफनो निर्वाचन क्षेत्रमा बढी रकम विनयोज गरेको कुरा स्वीकार गरेका छन् ।

मन्त्री साहले सबैले आफूलाई आफनो निर्वाचन क्षेत्रमा बढी रकम विनयोज गरेको आरोप लगाउने गरेको बताउँदै उक्त आरोप सही भएको बताए । मन्त्री साहले प्रति प्रश्न गर्दै भने जसले आफनो निर्वाक्षन क्षेत्रलाई विकाश गर्न सक्दैन,उसले जिल्ला र प्रदेशको विकाश कसरी गर्न सक्छ ? ’ जतनासँग कबुल गरेको वाचा अनुसार नै आपूmले आफनो निर्वाचन क्षेत्र विकाश निमार्ण गरीरहेको बताए ।

जसपाका श्रम तथा रोजगार विभगाको प्रमुख राज कुमार लेखी , तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेर(मनोज),जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादब,जसपा जिल्ला अध्यक्ष केदार यादब लगायत कञ्चनरुप,सप्तकोशी र अग्निसाईर कृष्णासवरण गाउँपालिका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहको थियो । जसपाका क्षेत्रिय अध्यक्ष माधव चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?