Logo

बोक्सीको आरोपमा आफ्नै छोराबाट कुटिएकी ९० वर्षीया बृद्धाको मृत्यु

                     
Logo १६ कार्तिक २०७७, आईतवार १३:१५    

कञ्चन समाचारदाता

कार्तिक १६ गते २०७७ ।

बोक्सीको आरोपमा आफ्नै छोराबाट कुटिएकी सिरहाकी ९० वर्षीया महिलाको ज्यान गएको छ ।

सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सुदामादेवी सोनार साहको शनिबार साँझ ५ बजे उपचारको क्रममा सिरहा अस्पतालमा मृत्यु भएको हो ।

शनिबार दिउँसो स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सिरहा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा साँझ सुदामादेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तुलाल जयसवालले जानकारी दिएका छन् ।

गएको बुधबार सुदामा देवीलाई बोक्सीको आरोप लगाउँदै उनको कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडि निर्घात कुटपिट गरी मलमूत्र खुवाउने प्रयास गरेका थिए । गाउँलेले खबर गरेपछि समयमै प्रहरी पुगेपछि दिसा खुउने प्रयास असफल भएको थियो ।

दसैँको अर्को दिन सुदामादेवी साह सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा दुर्व्यवहार गरेका थिए ।

दुवै छोरा छुट्टिएपछि सुदामादेवी एक्लै बस्दै आएकी थिइन् । यहीबीच उनका कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा घाउ भएको थियो । बुहारीको घाउ लामो समयसम्म निको नभएपछि रामऔतारले आमालाई बोक्सीको आरोप लगाएका हुन् । आफ्नै नातिनीबुहारी बिरामी हुँदा आमाले बेवास्ता गरिन्, बरु उल्टै बोक्सी लागिन् भन्दै छोराले कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन् ।

दिसा खुवायो भने बोक्सीको नजर झर्छ भन्दै उनले आमालाई दिसा खुवाउने प्रयास गरेका थिए । उनले आदेश दिएपछि माहिलो छोराले प्लास्टिकमा दिसा घोलेर ल्याएका थिए । तर, घटनाको जानकारी पाएलगत्तै प्रहरी पुगेकाले रामऔतारले आमालाई दिसा खुवाउन भने नपाएको छिमेकीले बताएका छन् ।

गाउँमा जघन्य घटना भइरहेको विषयमा जानकारी पाएपछि वडाध्यक्ष दाजु कपलेश्वर यादवले प्रहरीलाई खबर गरेका थिए । ‘मैले गाउँलेबाट जानकारी पाएलगत्तै मिर्चैया प्रहरीलाई खबर गरें, प्रहरीले वृद्ध महिलालाई तत्कालै उद्धार गरी उपचारका लागि जनकपुर पु¥यायो,’ वडाध्यक्ष यादवले भने, ‘छोराले दिसा खुवाउन पाएन, तर वृद्धा आमालाई लछारपछार गर्दै घाँटी थिचेको जानकारी गाउँलेले दिएका छन् ।’ कुटपिट र घाँटी थिचिएपछि सुमादेवीको घाँटीको हड्डी मोडिएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालका अनुसार दुव्र्यवहार गर्ने छोरा रामऔतार अहिले हिरासतमा छन् । उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । आरोपी आफैले पनि आरोप स्विकारेका छन्, अब कानुनअनुसार कारबाही हुन्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?