Logo

कोरोनाका कारण २४ घण्टामा थप १७ जनाको मृत्यु , २ हजार ५ सय ८ जनामा संक्रमण पुष्टि

                     
Logo १५ कार्तिक २०७७, शनिबार १६:४४    

कञ्चनरुप

कार्तिक १५ गते २०७७ ।

नेपालमा कोरोनाका कारण गएको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ भने शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ५ सय ८ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा बुधबार राखिएको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । हालसम्म कोरोनाका कारण ९ सय ३७ जनाको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ । हाल क्वारेन्टाइनमा २ हजार ४ सय १० जना छन् भने नेपालमा हालसम्म १४ लाख ४३ हजार ३४३ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार शनिबार थप २ हजार २६४ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म १ लाख ३१ हजार २ सय २२ जना संक्रमित निको भएका छन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?