Logo

कञ्चनरुप नगरपालिकाले सञ्चालमा ल्यायो कोभिड अस्थाइ अस्पताल

                     
Logo १३ कार्तिक २०७७, बिहीबार १८:५१    

कञ्चनरुप , कार्तिक १३ गते २०७७ ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले बिहीबार पाँच बेडको कोभिड अस्थाइ अस्पतालको सञ्चालमा ल्याएको छ ।

नगरपालिकाको वडा नं. ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरको हाता भित्र सञ्चालन गरिएको कोभिड १९ अस्पतालको नगर प्रमुख बसन्त कुमार मिश्रले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।

नेपाल सरकारको रु १० लाखको सहयोग र बाँकी रकम नगरपालिकाले सहयोग गरी ५ बेडको कोभिड अस्पतालको उद्घाटन गर्न सफल भएको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ताले जानकारी गराउनु भयो ।

कोभिड अस्पतालको उद्घाटनमा सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य , जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादव , कञ्चनरुप उपप्रमुख निरु पोखरेल, १२ वटा वडाका वडा अध्क्षय, तथा नेकपाका बच्चुलाल चौधरी ,जसपाका सुदम्बर यादव , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, कोभिड १९ सिआइसिटी टिम संयोजक विकास कुमार गुप्ता , बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका व्यक्तहरु उपस्थीती रहेको थियो ।

कोभिड अस्पतालमा १ जना डाक्टर, २ जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी रहने कुराको समेत गुप्ताले जानकारी गराउनु भयो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यस अधि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले मात्र कार्तिक ५ गते कोभिड अस्पताल सञ्चालमा ल्याएको थियो ।

सप्तरीमा कञ्चनरुप नगरपालिकाको ठेलियामा १ , राजविराज नगरपालिकाको गजेन्द्रनारायण सिंह अस्पतालमा १ र तिलाठीकोइलाडी गाँउ पालिकामा १ गरि ३ वटा आइसुलेशन सञ्चालमा छन ।

सप्तरीमा हाल सम्म १ हजार ५८९ जना कोरोना संक्रमित भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?