Logo

बरमझियामा भएको सडक दुर्घटनामा २ जनाको ज्यान गयो

                     
Logo १७ कार्तिक २०७७, सोमबार १३:३३    

कञ्चनरुप

कार्तिक १७ गते २०७७ ।

सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कञ्चनरुप खण्ड अन्र्तगत बरमझियामा भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

बरमझिया सडक खण्डमा सिटि रिक्सा र कार एक आपसमा ठोकिदा ७ जना घाईते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हनुमानगर कंकालिनी नगरपालिका–२ बस्ने ७० बर्षिया द्धारिकालाल दास र सोहि वडा बस्ने अर्का ७० बर्षिया बद्री मुखियाको उपचारका क्रममा कोशी अञ्चल अस्पतालमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अन्य ५ जना घाईतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । ३ जनाको अवस्था गम्भिर रहेकोमा २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आईतवार पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको बा.२१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जादै गरेको को २ ह ३४९८ नम्बरको सिटि रिक्सा एक आपसमा ठोकिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?