Logo

सप्तरीमा कोरोना संक्रमणबाट एकै दिन तीन जनाको मृत्यु

                     
Logo २० कार्तिक २०७७, बिहीबार १४:४९    

कञ्चनरुप

कार्तिक २० गते २०७७ ।

सप्तरीमा बिहीबार कोरोना संक्रमणबाट एक दिन तीन जनाको मृत्यु भए सगै मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचाररत एक महिलासहित दुई जना र बिराटनगर स्थित म्याक्स अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका जनाएको छ ।

जिल्लाको विष्णुपुर गाउँपालिका वार्ड नम्बर २ घरभई हाल राजविराज १ बस्ने २३ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको स्वास्थ कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिनुभयो ।

गत १८ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएको मृतक महिलालाई त्यसको भोलिपल्ट प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरीएको थियो ।

मृतक महिला एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी रहेको बताइएको छ । करिब एकसाता अगाडी नै उक्त रोगको उपचारको लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

राजविराज ८ का ६५ वर्षीय पुरूषको बिहान ८ बजे प्रतिष्ठानमै मृत्यु भएको छ । गत १५ गते शनिबार कोरोना संक्रमण पुष्टि भएको पुरुषलाई सोही दिन अस्पताल भर्ना भएका थियो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार महदेवा गाउँपालिका ४ बस्ने ३० वर्षीय एक पुरुषको उपचारको क्रममा गएराती मृत्यु भएको छ । बिरानगर स्थित म्याक्स अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए । मृतक तीनै जनाको शव व्यवस्थापनको आवश्यक तयारी भइरहेको बताइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?