Logo

नेपाल संबत ११४१को शुभकामना ( न्हू: दँया भिन्तुना)

                     
Logo १ मंसिर २०७७, सोमबार १०:०२    

नेपाल संवत अनुसारको  न्हू: दँया भिन्तुना (नयाँ बर्ष) आज शुरु हुदै छ । नेपाल संवत ११४१ का अवसरमा आज देशभर छरीएर बस्ने भएका नेपाल संबत बनाउने सम्र्पू माहानुभावहरुमा यस अनलाई पत्रिकाको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुआत गराउनुभएको स्मणमा मनाउने गरिदै आएको छ ।

नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको इतिहास रहेको छ । लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, भन्ने नेपालका इतिहासकारहरुको भनाई रहेका छ ।


लोकप्रिय छुटाउनुभयो कि ?