बृजमान तामाङ्ग


कञ्चनरुप, ३० कार्तिक ।
सप्तरीको कन्चनरुप नगरपालिका १२ स्थित रुपनगरमा आईतवार नेवाः देयः दबु सप्तरीले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नेवार समुदायको न्हू: दँया भिन्तुना (नयाँ बर्ष)नेपाल संवत् ११४१को असारमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । नेवाः देयः द्बु सप्तरीका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षता तथा कन्चरुप नगरपालिकाका प्रमुख वसन्त मिश्राको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको बिशिस्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ रहेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नगरप्रमुख मिश्राले नेपाल संवतका पर्बतक राष्ट्रिय बिभुती साख्पाले देश र जनताको लागि गरेको योगदनको बारे चर्चा गरे । राष्ट्रिय बिभुती साख्पाको मार्गदर्शनलाई आत्मासाथ गर्न सके सामाजिक रुपान्तरणमा टेवा पुग्ने उनले बताए । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले राज्यले राष्ट्रिय बिभुती सख्पाको अपमान गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले प्राचीन कालखण्ड देखि नै आदिवासी जनजाति प्रती राज्यले हेर्ने खराब दृष्टिकोण अहिले पनि कुनै फरक नरहेको उल्लेख गरे । तामाङले आदिवासी जनजातिलाई गरिने विभेद विरुद्ध गोलबद्व हुन आग्रह गरे । नेवाः देवः द्बु प्रदेश २ अध्यक्ष दक्ष नारायण श्रेष्ठले बर्तमन सरकार आदिबासी बिरोधि भएको आरोप लगाए । उनले विभिन्न आन्दोलन र संघर्षले प्राप्त भएको संबैधानिक हक समेत सरकारले खोस्दै गरेकोले अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिए । कंचनरुप नगरपालिका १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले नेवार समुदायले साँस्कृतिक जेगेर्नाको लागि देखाएको सक्रियताको प्रशंसा गरे । उनले राष्ट्रिय बिभुती साख्पाको स्मृतिमा नेवार समुदायले गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै वडा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेवा समाज गुठी रुपनगरको सभाहलमा आयोजित कार्यक्रमको संचालन पेशल श्रेष्ठले गरे । कार्यक्रममा राष्ट्रिय बिभुती साख्पाको तस्वीरमा माल्यार्पण गरि कार्यक्रमको उद्वघाटन गरिएको थियो ।













