Logo

डाक्नेश्वरी आगलागीमा ४ लाख भन्दा बढिको क्षति

                     
Logo ३० कार्तिक २०७७, आईतवार १६:१७    

कञ्चनरुप, ३० कार्तिक ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ विसनपुरमा गए राति आगलागी हुँदा आगलागीमा ४ लाखभन्दा बढी रुपैयाँ बराबरको क्षति छ ।

मध्ये रात गोठमा बालिएको घुरबाट सल्केको आगोले घरमा सुतिरहेका ४२ वर्षीय अरुणकुमार मण्डलको पिठ्यु र दाहिने हात जलेको छ । आगलगाीमा परि गोठ पूर्ण रुपमा जलेको छ भने गोठमा रहेका गाई र बाछा, जलेर खरानी भएका छन भने बाख्रा र २ वटा खसी जलेर मरेका छन् ।

जलेर घाइते मण्डलको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । आगलागी स्थानीयवासिन्दा र प्रहरीको सहयोगको नियन्त्रणमा आएको स्थानीयले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?