बृजमान तामाङ्ग


बिरेन्द्र बजार, २९ कार्तिक ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा शनिबार नेपाल कम्युनिस्ट पार्टीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । वडादशै, तिहार छठ र समाचकेवा पर्वको अबसरमा नेकपा रुपनी गाउँपालिका ६ नम्बर वडा समितिले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल कम्युनिस्ट पार्टी रुपनी गाउँपालिका ६ नम्बर वडा समितिका अध्यक्ष एबम साबिक तेरहौता गाबिसका अध्यक्ष दिपक कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी सप्तरीका सदस्य शुभ नारायण यादव, पुर्व सदस्य कुमार मान श्रेष्ठ, नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रिय सदस्य हरि नारायण लौगी, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, जनता समाजवादी पार्टी नेपाल सप्तरीका सदस्य ओम प्रकाश मेहता, पृथ्वीलाल दास लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । यसैगरि नेपाल आदिवासी जनजाति महासंघ रुपनी गाउँपालिका अध्यक्ष भुपेन्द्र सिंह घले मगर, आधारभुत बिधालय जगमोहनका प्रधानाध्यापक कन्तलाल चौधरी, सेवा निरबृत शिक्षक निर्भय लाल चौधरी, नेकपा स्थानीय नेता बिष्णु थापा मगर, बालकदास चौधरी लगायत समेतले शुभकामना मन्तव्य व्यक्त गरे । नेकपा युवा नेता भरत चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत नेकपा नेत्री एबम स्थानीय चुनावका उपाध्यक्षका प्रत्यासी उम्मेदवार अन्जु कुमारी चौधरीले गरिन । कार्यक्रममा नेकपाका नेताकार्यकर्ता, फरक धारका पार्टीका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्तिथि थियो । कार्यक्रम पुर्व खेलकुद मन्त्री एबम सप्तरी निर्वाचन क्षेत्र नम्बर १ क बाट निर्वाचित प्रदेश सभा सदस्य सत्य नारायण मण्डल प्रमुख अतिथिको रुपमा आउने कार्यक्रम भएपनी उनी उपस्थित नभएपछि स्थानीय नेकपा नेताकार्यकर्ता निराश भएका थिए । उनीहरुले नेतृत्वको ब्याबहारले पार्टी भित्र उत्साहमा कमि हुँदै गएको भन्दै आक्रोश पोखे ।













