बृजमान तामाङ्ग


बिरेन्द्र बजार, २९ कार्तिक ।
नेपाल सदभावाना पार्टी गजेन्द्रबादिका राष्ट्रिय अध्यक्ष बिकास तिवारी जनता समाजवादी पार्टीमा प्रदेश गरेका छ्न । जनता समाजवादि पार्टी सप्तरी निर्वाचन क्षेत्र नम्बर २ द्वारा राजबिराजमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा तिवारीको नेतृत्वमा सयौंको संख्यामा नेताकार्यकर्ता जनता समाजवादि पार्टीमा प्रदेश गरेका हुन । जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तिवारी सहितका नेताकार्यकर्तालाई टीका लगाएर पार्टी प्रवेश गराए । दिपावली, छैठ र समाचकेवाको अबसरमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद एबम पार्टी अध्यक्ष उपेन्द्र यादव, प्रदेश नम्बर २ का भुमी ब्याबस्था, कृषि तथा सहकारी मन्त्री एबम सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साह, सामाजिक बिकास मन्त्री नबलकिशोर साह, पुर्व शिक्षा मन्त्री एबम प्रतिनिधि सभा सदस्य रेणु यादव, पुर्व कृषि मन्त्री एबम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्य शेखर सिंह लगायतकाले शुभकामना मन्तब्य व्यक्त गर्दै नवप्रबेशी नेताकार्यकर्तालाई बधाई तथा शुभकामना दिए । यसैगरी कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ख बाट निर्वाचित प्रदेश सभा सदस्य मनिस सुमन, सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य बिशेश्वर यादव (बिक्की), ४ख बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादव, जिल्ला समन्वय समिती सप्तरीका प्रमुख प्रभाकर यादव, बिद्यार्थी नेता किशोर कुमार यादव( केसि) युवा नेता विशाल यादव, महिला नेत्री मिरा यादव,नव प्रबेशी नेता तिवारी लगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरे । पार्टी प्रबेश गर्दै नेता तिवारीले जनता समाजवादि पार्टीले मात्र मधेसी, आदिवासी जनजाति, दलित, लगायतका उत्पीडित समुदायको हक, अधिकार सुनिश्चित गर्न सक्ने बताए । जनता समाजवादी पार्टीले पहिचान र अधिकार मुद्वा साथै बिकासलाई प्रमुख राजनैतिक एजेन्डा बनाउदै संघर्षरत रहेकोले पार्टीको नीति र सिदान्तलाई पुर्णता दिन जनता समाजवादि पार्टीमा प्रदेश गरेको उनले बताए । बर्वमान संघीय सरकारको प्रतिगामी कदम बिरुद्व एकजुट हुनु आबश्यक रहेको तिवारीको भनाई थियो । नेता तिवारी राजनैतिक क्षेत्रमा चर्चित ब्याक्ती हुन । उनले राष्ट्रिय पार्टीको नेतृत्व समेत गरेका थिए । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय, प्रदेश, जिल्ला, विभिन्न भातृसंगठन र स्थानीय नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।













