Logo

श्रीमानद्वारा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

                     
Logo २९ कार्तिक २०७७, शनिबार १७:५८    

जनकपुर

कार्तिक २९ गते २०७७ ।

एक महिलामाथि आफ्नै श्रीमानद्वारा नै एसिड आक्रमण भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरारुपैठा बस्ने २७ वर्षीय सञ्जीव साहलाई प्रहरीले पत्नी आरतीमाथि एसिड आक्रमण गरेको आरोपमा पक्राउ गरेको छ ।

पति–पत्नीबीच मनमुटाब रहेको कारण माइत जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरमा घरमै बसिरहेकी २६ वर्षीया आरती साहमाथि शनिबार बिहान साढे ९ बजे एसिड प्रहार भएको हो । खराब सम्बन्धको कारण श्रीमान सञ्जीवले नै एसिड प्रहार गरी भागेको स्थानीयले बताएका छन् ।

एसिड प्रहारबाट आरतीको निधार र छातीको केही भाग जलेको छ । उनको जनकपुरस्थित जानकी हेल्थकेयर एण्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई आफ्नै घरबाट पक्राउ गरेको र केहीबेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

तीनवर्ष अघि सामाजिक परम्परा अनुसार विवाह बन्धनमा बाँधिएको केही समय पश्चात श्रीमान श्रीमतीबीच सम्बन्ध बिग्रेकाले आरती माइतमै बसेर जनकपुरको पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन् । palikanews


लोकप्रिय छुटाउनुभयो कि ?