Logo

रुपनी गाउँपालिकामा धमाधम होटल तथा रेस्टुरेन्ट खुल्दै

                     
Logo २९ कार्तिक २०७७, शनिबार ०९:३५    

बृजमान तामाङ्ग

बिरेन्द्र बजार, २८ कार्तिक ।

सप्तरीको रुपनी गाउँपालिकामा धमाधम होटल तथा रेस्टुरेन्ट खुल्न थालेको छ । देश संघीय शासन प्रणालीमा गएसंगै स्थानीय तहहरुमा ठु–ठुल्ला होटल तथा रेस्टुरेन्ट खुल्न थालेको हो । स्थानीय सरकार आएपछि गाउँपालिकामा सेवाग्राहीहरुको चाँप बढेकाले होटलको संख्या वृद्धि हुँदै गएको स्थानीयहरु बताउछ्न । स्थानीय स्तरमा होटल तथा रेस्टुरेन्ट खोल्ने होडका बिच शुक्रबार बिरेन्द्र बजारमा एक होटलको उदधाटन भएको छ । थारु कटेज एण्ड फ्याम्ली होटलको एक समाहोहका बिच सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ (ख) का निर्वाचित प्रदेश सभा सदस्य बिशेश्वर प्रसाद यादव (बिक्की)ले रिवन काटेर उद्वघाटन गरे । होटलका संचालनक महेन्द्र चौधरीको अध्यक्षमा आतोजित कार्यक्रममा बोल्दै बक्ताहरुले नाम अनुसारको ब्याबाहर र सेवा प्रदान गर्न आग्रह गरे । थारु कटेजको बारे चर्चा गर्दै बक्ताहरुले होटलमा आउने ग्रहाकहरुलाई एउटा थारु गाउँमा पुगेका पाहुनाको जस्तो संस्कार, ब्याबाहार, स्वागत र सत्कार गर्नु सकेमात्र सफलता हाँसिल हुने बताए । होटलमा थारु समुदायको पौराणिक खानपिन, परिकार, पकवानको ब्याबस्था हुनुपर्नेमा उनिहरुले जोड दिए । थारुको पहिचान बेचेर धेरै होटल ब्याबसाय संचालनमा आएपनी थारुको मौलिक परम्परालाई बिर्सिदा थारु संस्कृतिको उपाहास हुने गरेको कार्यक्रमका बक्ताहरुको भनाई थियो । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ,आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ्ग थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य दिल कुमारी चौधरी, रुपनी गाउँपालिका वडा नम्बर ६ का कार्यबाहक अध्यक्ष बद्री नारायण चौधरी, जनता समाजदावादी पार्टीका स्थानीय नेता ओम प्रकाश मेहता, पुर्व शिक्षक बिलट चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन रंगकर्मी गोपाल चौधरीले गरेका थिए । होटल उद्वघान समारोहमा घोघी, सितुवा, बगिया सहितका थारु परिकारहरु प्रदर्शनीको साथै थारु गितसंगित र नृत्य समेत प्रस्तुत गरिएको थियोे । यो संगै एक बर्षको अबधिमा रुपनी गाउँपालिकामा दर्जन बढी होटल र रेस्टुरेन्टहरु संचालनमा आएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?