राजविराज


मंसिर ९ गते २०७७
महाकवि विद्यापतिको स्मृतिमा मैथिली साहित्य परिषद राजविराजले विभिन्न कार्यक्रम गरी तीन दिवसीय कार्यक्रम आयोजना गर्ने भएको छ ।

विद्यापति स्मृतीको अवसरमा मैथिली मङलवारको बैठकले तीन दिवसीय कार्यक्रम आयोजना गर्ने निर्णय भएको परिषदका अध्यक्ष सतिस कुमार दत्तले बताउनु भएको छ ।
परिषदको भवनमै मैथिल महिला परिषदद्वारा मंसिर ११ गते साहित्यिक गोष्ठी आयोजना गरिने र १२ गते शुक्रबार सप्तरीमे मैथिलीके अवस्थाः वर्तमान आ भविष्य विषयक खुल्ला निबन्ध प्रतियोगिता आयोजना गरिने परिषदका अध्यक्ष दत्तले जानकारी दिनु भएको छ ।
अध्यक्ष दत्तका अनुसार मंसिर १३ गते शनिबार महाकवि विद्यापतिको स्मृतिमा श्रद्धान्जली सभा तथा शिवदत्त मिश्र मैथिली पुरस्कार, विजयेन्द्र विनोद कला संस्कृति पुरस्कार सहितका सम्मानहरु प्रदान गरिने कार्यक्रम रहेको बताउनु भयो ।
१३ गते साझ सहिद दशन चौकमा विद्यापति तस्विरमा माल्यार्पण एवम् मैनवत्ती प्रज्जवलन गरिने अध्यक्ष दत्तले जानकारी दिनु भएको छ ।
विभिन्न विधाका पुरस्कारहरुका लागि परिषद उपाध्यक्ष श्यामसुन्दर यादव, पुर्व अध्यक्ष विवेकानन्द मिश्र र मैथिल महिला परिषदकी अध्यक्ष शान्ति झा समिति चयन भएको छ ।














