बर्दिवास


मंसिर ९ गते २०७७ ।
बालिका हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले ति व्यक्तिलाई पक्राउ गरेपधि मंगलबार विहान स्थानीयवासीले घरमा आगजनी गरेका हुन ।

गौशाला नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अरुण कुमार साह पक्रउ परेपधि बर्दिवास नगरपालिका वडा नम्बर १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका प्रहरीले जनाएको छ ।
आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका कारण दमकल आगलागी भएको स्थानसम्म पुग्न असफल भएको छ । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बालिका हत्यको विरोधमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा तीन जाना घाइते भएका छन् । जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको विरोधमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा गोली लागेर तीनजना घाइते भएका हुन् ।
बर्दिबास नगरपालिका वडा नम्बर १ का बुद्धिराज भनिने संजय न्यौपाने, श्याम कार्की र एकजना अर्का प्रदर्शनकारीलाई प्रहरीको गोलि लागेर घाइते भएका छन् । संजयको तीघ्रमा गम्भीर चोट लागेको भने कार्कीको टाउको फुटेको जनाइएको छ ।
संजयलाई उपचारका लागि स्थानीय पिनाकल अस्पतालमा लगिए पनि त्यहाँ उपचार संभव नभएपछि बाहिर लैजाने तयारी भइरहेको स्थानीयले जनाएका छन् । अहिले बर्दिबास चोकमा मृतक बालिकको शव राखेर प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले आगो नियन्त्रण गर्न आएका दुईवटा दमकलमाथि तोडफोड समेत गरेका छन्
बिहानैदेखि बन्द भएको राजमार्ग भने प्रहरीले बल प्रयोग गरेर खुलाएको प्रहरीले जनाएका छन् । प्रदर्शनकारीले प्रहरी बिटमा पनि ढुंगामुणा प्रहार गरेका छन् । यसअघि भीड नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको थियो ।













