कञ्चनरुप


मंसिर १२ गते २०७७ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१० बस्ने ३२ बर्षका राजिव मण्डल लागु औषध सहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय हनुमाननगर र जिल्ला प्रहरीकार्यलयको संयुक्त प्रहरी टोलीले घर कोठा भित्र
लुकाई छिपाई राखेको लागु औषध सहित मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शुक्रवार बिहान ११ः०० बजे मण्डलले आफ्नै घरमा नेपालमा प्रतिबन्धित लागु औषध राखी बिक्री बितरण गरी राखेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटी गएको बिशेष टोलीले नाईट्रोसन ५१ ट्याबलेट, नाईट्राभेट ८३ ट्याबलेट , स्पास्मो प्रोसिभन ७५ क्पापसुल, डाईलेक्स डि.सि.१० बोतल र गाँजा १२५ ग्राम र निजले प्रयोग गर्ने गरेको स्यामसुङ कम्पनीको मोबाईल थान १ समेत बरामद भएको र मण्डल माथि थप अनुसन्धान भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।












