Logo

कञ्चनरुपमा मलखाद विक्री वितरणको लागी १६ संंस्थालाई अनुमती

                     
Logo १८ मंसिर २०७७, बिहीबार ०८:२५    

कञ्चनरुप

मंसिर १८ गते २०७७ ।

जिल्लाको कञ्चनरुप नगरपालिकामा रसायनिक मल विक्री वितरणको लागी सहकारी तथा फर्मलाई कार्यक्षेत्र तोकिएको छ ।

कञ्चनरुप नगरपालिका कृषि शाखामा परेका निवेदन माथि मापडण्ड पुगे नपुगेको आधारमा अनुगमन गर्दा १५ ओटा सहकारी र एक फर्म गरि १६ वटा संस्थालाई नगरपलिकाका १२ वटै वडा भित्र वडा विभाजन गरी कार्य क्षेत्र तोकि छ । स्थानिय तह रसायनीक मल वितरण ब्यवस्थापन समितीको मिति २०७७।०८।१२ गतेको निणर्य अनुसार स्थानिय तहमा आपुर्ति तथा वितरण ब्यवस्थापन निर्देशिका २०७७ बमोजिम छनौट भएका संस्थाहरुलाई मल वितरक विक्रेता नियुक्तिको प्रमाण पत्र उपलब्ध गराएको कृषि विकास शाखा स–स्तर अधिकृत बेचन सढोक यदवले जानकारी दिनुभयो ।

कृषि सामग्री कम्पनी लि.राजविराज र साल्ट ट्रेडिङ् कर्पोरेसन लि..राजविराज बाट रासायनिक मल विक्रि वितरणको लागी दुवै स्थानबाट तोको समयमा मल खरिद गरी १६ वटै संस्थालई कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ् कर्पोरेसन प्रमाण पत्र समेत दिई सेकेको अधिकृत यदवले जानकारी दिनुभयो ।

१६ वटा संस्थालई सविका गाविसहरुको वडालाई आधार बनाएर कार्यक्षेत्र लोकिएको समेत यदवले जानकारी दिनु भयो ।


लोकप्रिय छुटाउनुभयो कि ?